नियम ३३
मूल नियमावलीको नियम ६६ मा संशोधन

मूल नियमावलीको नियम ६६ को,–
(१) उपनियम (१), (२) र (३) मा रहेका “पचास लाख” भन्ने शब्दहरूको सट्टा “दश
लाख” भन्ने शब्दहरू राखिएका छन् ।
(२) उपनियम (४) को अन्त्यमा “यसरी घटाघट गराई सकेपछि घटाघटमा बोलिएको
अंकलाई तालीकामा उल्लेख गरी मुचुल्का बनाई उपस्थित प्रतिनिधिहरूको
दस्तखत समेत गराउनु पर्नेछ” भन्ने शब्दहरू थपिएका छन् ।
(३) उपनियम (४) पछि देहायका उपनियम (५) र (६) थपिएका छन् ः–
“(५) यस नियम बमोजिम घटाघट गराउ“दा सिलबन्दी वा खुला
बोलकबोलको माध्यमबाट गर्न सकिनेछ ।
(६) यस नियम बमोजिम घटाघट गराउ“दा योग्यता पुगेका कम्तीमा तीन
वटा दरखास्तवालाको सहभागिता हुनु पर्नेछ ।